विज्ञान प्रविधि

विधिको दुरुपयोग, सुरक्षित रहन साइबर ब्यूरोको विशेष आग्रह”

काठमाडौँ, असार ६ ।
नेपालमा पछिल्लो समय प्रविधिको दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय भएको छ। विशेष गरी फेसबुक, मेसेन्जर र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको प्रयोग गरेर सर्वसाधारणको बैंक खाता र डिजिटल वालेट (ईसेवा, खल्ती) बाट पैसा गायब पार्ने नयाँ ‘डिजिटल भूत’ (Cyber Scam) नेपालमा भित्रिएको साइबर सुरक्षा विज्ञहरूले चेतावनी दिएका छन्।

काठमाडौँका विभिन्न स्थानमा मात्रै पछिल्लो २४ घण्टामा दर्जनौँ व्यक्तिहरू यस प्रकारको नयाँ ठगीको सिकार बनेका छन्। ठगहरूले सामाजिक सञ्जालमा “तपाईंको चिठ्ठा परेको छ”, “यो भिडियोमा तपाईं नै हो?” वा “घरमै बसीबसी मोबाइलबाटै पैसा कमाउनुहोस्” भन्दै एउटा आकर्षक तर शङ्कास्पद लिङ्क (Link) पठाउने गरेका छन्।

यसरी हुन्छ ठगी:
जब कुनै प्रयोगकर्ताले उक्त लिङ्कमा क्लिक गर्छन्, उनको मोबाइल वा कम्प्युटरको पूर्ण नियन्त्रण ठगहरूको हातमा पुग्छ। लिङ्क क्लिक गर्ने बित्तिकै मोबाइलमा आउने ओटिपी (OTP) कोडका माध्यमबाट बैंक खातामा रहेको सम्पूर्ण रकम क्षणभरमै गायब पारिन्छ। अचम्मको कुरा त के छ भने, यसरी पैसा चोरी हुँदा मोबाइलमा कुनै नोटिफिकेसन समेत नआउने गरी नयाँ प्रविधिको प्रयोग गरिएको पाइएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले यस विषयमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ। ब्युरोका अनुसार अपरिचित व्यक्ति वा विदेशी नम्बरबाट आएका कुनै पनि पुरस्कार, जागिर वा भिडियोका लिङ्कहरू नखोल्न र आफ्नो गोप्य पिन (PIN) वा पासवर्ड कसैलाई सेयर नगर्न कडा निर्देशन दिएको छ।

यदि तपाईंको मोबाइलमा पनि यस्ता शङ्कास्पद म्यासेज आएका छन् भने तुरुन्तै सचेत रहनुहोला। एकै रातमा करोडौँ रुपैयाँ सर्वसाधारणको खाताबाट गायब भइरहेकाले यो समाचारलाई बढी भन्दा बढी सेयर गरी आफ्ना साथीभाइ र परिवारलाई सुरक्षित राख्न अपिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *